News

Smiles Gold Cup 2026 अगस्ट ३० मा चिबामा आयोजना हुने, साथै महिला फुटसल अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि हुने


Smiles Gold Cup 2026 अगस्ट ३० मा चिबामा आयोजना हुने, साथै महिला फुटसल अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि हुने

Spice Purbeli FC द्वारा प्रस्तुत Smiles Gold Cup 2026 आगामी अगस्ट ३०, २०२६ मा चिबाको Z-Futsal Matsudo Tokiwadaira मैदानमा आयोजना हुने तयारी पूरा भएको आयोजकले जनाएको छ। Smiles Mobile Remittance तथा Smiles Connect शीर्ष प्रायोजकका रूपमा रहेका छन् भने Sushiya Kitchen इभेन्ट पार्टनरका रूपमा सहभागी छ, जसले प्रतियोगिताको आकर्षणलाई अझ बढाएको छ।

प्रतियोगितामा विजेता टिमले ¥400,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ¥200,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलसम्म पुग्ने टिमलाई ¥50,000 सहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई Best Keeper, Best Player तथा High Scorer अवार्ड प्रदान गरिनेछ, जसअन्तर्गत विजेताहरूले नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन्। महिला खेलाडीहरूको प्रतिभा, समर्पण र खेल भावना सम्मानित गर्न व्यक्तिगत अवार्डहरूलाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ।

टिम दर्ता शुल्क ¥41,000 तोकिएको छ र दर्ता प्रक्रिया सहज बनाउन सम्पर्क व्यक्तिहरूको व्यवस्था गरिएको छ। प्रतियोगितासम्बन्धी जानकारीका लागि Prahlad, Arpan, Visal, Dipesh, Bhuwan तथा Rabin मार्फत सम्पर्क गर्न सकिनेछ। Goal Japan मिडिया पार्टनरका रूपमा रहेको छ भने NFA Japan ले प्राविधिक सहयोग प्रदान गर्नेछ। Aarambha, A&H तथा Explore Nepal विभिन्न साझेदारका रूपमा सहभागी छन्, जसले प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

साथै महिला फुटसल लाइ अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि हुने पनि आयोजक ले जानकारी दिनुभएको छ। 

खेलकुदमैत्री वातावरण निर्माण गर्ने, खेलाडीहरूलाई अवसर प्रदान गर्ने तथा समुदायबीच एकता र सहयोगको भावना बढाउने लक्ष्य राखेको आयोजक Purbeli FC ले जनाएको छ। सबै टिमलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै यो वर्षको संस्करणलाई अविस्मरणीय बनाउन सबैको साथ र सहयोग अपेक्षा गरेका छन्।