News

नागासाकीमा ‘Nagasaki Cup 2026’ फुटसल प्रतियोगिता हुँदै


नागासाकीमा ‘Nagasaki Cup 2026’ फुटसल प्रतियोगिता हुँदै

दशैंको अवसर पारेर जापानको नागासाकीमा ‘Nagasaki Cup 2026 Futsal Tournament’ आयोजना हुने भएको छ।

प्रतियोगिता २०२६ अक्टोबर १८ मा नागासाकीमा हुनेछ। प्रतियोगितामा सहभागी हुन २५ हजार येन प्रवेश शुल्क तोकिएको छ भने टोली दर्ताको अन्तिम मिति सेप्टेम्बर ३०, २०२६ रहेको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख २५ हजार ५५५ येन नगदसहित कप र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ४२ हजार २२२ येन नगद तथा मेडल प्राप्त गर्नेछ।

प्रतियोगितामा टिम पुरस्कारसँगै उत्कृष्ट गोलकिपर, उत्कृष्ट व्यवस्थापक र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

खेलकुदमार्फत समुदायलाई एकताबद्ध गर्ने उद्देश्य झल्काउने गरी प्रतियोगितामा “Together for Sports, Together for Community” सन्देशसमेत समेटिएको छ।

प्रतियोगिताको आयोजक Nagasaki Nepali Halal Food रहेको छ।