News

फुकुओकामा ‘प्रथम दाजुभाइ फुटसल प्रतियोगिता २०२६’ हुँदै, विजेतालाई ६ लाख ५५ हजार येन


फुकुओकामा ‘प्रथम दाजुभाइ फुटसल प्रतियोगिता २०२६’ हुँदै, विजेतालाई ६ लाख ५५ हजार येन

दाजुभाइ फुटबल क्लबको आयोजनामा जापानको फुकुओका प्रिफेक्चरस्थित किताक्युशु सहरमा ‘प्रथम दाजुभाइ फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।

प्रतियोगिता अक्टोबर ११, २०२६ मा आयोजना हुनेछ। खेल बिहान ९ बजेदेखि सुरु हुने उल्लेख छ। प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले ५० हजार येन प्रवेश शुल्क तिर्नुपर्नेछ।

प्रतियोगिताको विजेता टोलीले ६ लाख ५५ हजार ५५५ येन तथा उपविजेता टोलीले २ लाख ५५ हजार ५५५ येन पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने टोली र फेयर प्ले टोलीलाई समेत छुट्टाछुट्टै सम्मान गरिने पोस्टरमा उल्लेख छ।

टोली दर्ताको अन्तिम मिति सेप्टेम्बर २५ राखिएको छ भने अक्टोबर ४ मा टाइ-सिट सार्वजनिक गरिनेछ।

प्रतियोगिता 3 Chome-7-7 Higashigari, Kokurakita Ward, Kitakyushu, Fukuoka 803-0831 मा सञ्चालन हुने आयोजले जानकारी दिएको छ।