News

एएफसी महिला एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय महिला टोलीको फाइनल स्क्वाड घोषणा


एएफसी महिला एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय महिला टोलीको फाइनल स्क्वाड घोषणा

आगामी एएफसी महिला एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक प्याट्रिक डि विल्डेले शुक्रबार टोलीको अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन्। नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा सुरु हुने छनौट खेलहरूमा सहभागिता जनाउँदैछ।

नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ उसले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता बनेको टोलीले २०२६ मा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने अवसर पाउनेछ।

यस्तो छ फाइनल स्क्वाडः

गोलकिपरहरू:

  • अन्जिला तुम्बापो सुब्बा

  • अन्जना राना मगर

  • उषा नाथ

डिफेन्डरहरू:

  • गीता राना

  • निशा थोकर

  • समिक्षा घिमिरे

  • मनमाया दमै

  • प्रतिक्षा चौधरी

  • बिमला बिक

  • पुजा राना

  • अमृता जैसी

मिडफिल्डरहरू:

  • बिमला चौधरी

  • अनिता बस्नेत

  • रेनुका नगरकोटे

  • प्रिति राई

  • सरु लिम्बु

  • सबिता राना मगर

  • सरस्वती हमाल

फरवार्डहरू:

  • साबित्रा भण्डारी

  • रश्मी कुमारी घिसिङ

  • चन्द्रा भण्डारी

  • अनिता केसी

  • रेखा पौडेल

एन्फाले खेलाडीहरूलाई शुभकामना दिँदै सफल प्रतियोगिताको अपेक्षा गरेको छ। नेपाली समर्थकहरू पनि टोलीको साथमा उभिएर महिला फुटबलको गौरव बढाउने विश्वास गरिएको छ।